एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट


काठमाडौँ। एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट पाइने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० सम्म दिने घोषणा गरेको छ ।

बैंकका अनु्सार चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।

यो अफर छठ सम्मको लागि लागू हुने बैंकले जनाएको छ । यसले ग्राहकहरूलाई बचतको लाभ लिन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।