बुधबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ब्याजद निर्धारण गरेर १४ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता धेरै भएपछि राष्ट्र बैंकले तरलता खिचिरहेको छ । राष्ट्र बैंकले यसको साँवा ब्याज असोज २३ गते भुक्तानी गर्ने उल्लेख गरेको छ ।

यसमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरु मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।