नेप्सेमा ४९ अंकले बढ्यो नेप्से, करोबार रकम ४ अर्ब ८१ करोड रुपैयाँ


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज हिमालयन हाइड्रोपाव कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।

कुल ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।