गत आर्थिक वर्षसम्म दर्ता भए करिब २६ हजार कम्पनी


काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनी दर्ता संख्यामा बृद्धि भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिन अनुसार गत आर्थिक वर्षमा कम्पनी दर्ता संख्या १९.९ प्रतिशतले वृद्धि भएर २५ हजार ७ सय ४६ पुगेको छ ।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा २५ प्रतिशतले घटेर २१ हजार ४ सय ७८ मा सीमित रहेको थियो ।

अर्थमन्त्रालयको विवरण अनुसार नयाँ दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनीको हिस्सा ९४.६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा प्राइभेट लिमिटेड कम्पनी २४ हजार ३ सय ४९ ओटा कम्पनी दर्ता भएका छन् भने पब्लिक लिमिटेड कम्पनी ६६ ओटा दर्ता भएका छन् ।

त्यस्तै मुनाफा वितरण नगर्ने ८१४ ओटा कम्पनी र विदेशी शाखा सम्पर्क वैदेशिक लगानीका कम्पनी ५१७ दर्ता भएका छन् ।
त्यस्तै यस अवधिमा खारेज भएका कम्पनीको संख्या १७ ३४ रहेको अर्थमन्त्रालयले जनाएको छ ।