देशभर एटिएम मेसिनको संख्या ५ हजार माथि


काठमाडौं । नेपालमा एटिएम मेसिनको संख्या ५ हजार नाघेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिनअनुसार देशभर रहेका एटिएम मेसिनको संख्या ५ हजार १ सय ९३ रहेको छ ।

त्यस्तै मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि वृद्धि भएको छ ।अर्थमन्त्रलयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४९ हजार पुगेको छ ।

बैंक निक्षेप खाता ५ करोड ५८ लाख ९६ हजार रहेको छ भने कर्जा खाताको संख्या १८ लाख ९३ हजार नाघेको छ ।

डेबिट कार्ड लिनेको संख्या १ करोड २८ लाख ९३ हजार माथि रहेको छ भने क्रडिट कार्ड लिनेको संख्या २ लाख ८९ हजार माथि रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

२०८१ असार मसान्त सम्ममा २० ओटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त र एउटा पूर्वाधार विकास बैक गरी ११० ओटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।