नेप्सेमा ३२ अंकले घट्यो, अपि पावरको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरममूल्य घटेको छ ।

आजको दिन नेप्सेमा अपि पावर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन ग्रिन भेन्चर्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७ सय २० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।