स्वावलम्बन लघुवित्तको लाभांश घोषणा


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

उक्त बैठकले हालसम्म कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।