काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० अंकमा झरेको छ ।
बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरममूल्य घटेको छ ।
आजको दिन नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८२० रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन अप्पर स्याङ्गेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।
कुल ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्