काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।
निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलरमट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाएको निमगले जनाएको छ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। भारतबाट ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी निगमले ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ। नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस्