डेरी उद्योग सङ्घको अध्यक्षमा निरञ्जन श्रेष्ठ


काठमाडौँ । डेरी उद्योग सङ्घको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् ।

काठमाडौँमा भएको १७औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

सुजल डेरी पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि सङ्घको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

उपाध्यक्ष पदमा आधुनिक डेरी प्रो.प्रालिका विश्वराज बस्नेत, महासचिवमा जयश्री कृष्ण डेरीका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा भवानी डेरीका देवरथ बराल, सैजु डेरी प्रा.लि.का जेनन सैजु, मदानी डेरी प्रा.लि.का माधव दाहाल, एन.एम.सी.डेरी उद्योगका रामचन्द्र उप्रेती चयन भएका छन् ।

यस्तै पञ्चशील डेरी प्रा.लि.का पुष्पराज बस्नेत र कालिका डेरी .प्रा.लि.का शिव प्रसाद त्यात पनि कार्यसमिति सदस्यमा चयन भएका छन् ।