नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा रायमाझी


काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआईसी एशिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । संस्थाको १५ औं वार्षिक साधारण सभाबाट छैंठौं कार्यसमिति गठन गरिएको छ ।

एसोसिएसनको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडका मनिस नारायण जोशी महासचिवमा गरिमा क्यापिटल लिमिटेडका निर्मल भट्टराई कोषाध्यक्षमा एनआइएमबी एस क्यापिटल लिमिटेडका शिवान्त ब. पाडें निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका लेखनाथ पोखरेल र कुमारी क्यापिटल लिमिटेडका पुष्पा शर्मा निर्वाचित भएका हुन् ।

विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधिहरू सामेल समेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरु नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पूँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने जनाइएको छ ।