रैप्टी.एचवीले बजारमा ल्यायो भारतको पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक रैप्टी टी ३०, यस्ता छन् विशेषता


काठमाडौँ । चेन्नईस्थित विद्युतीय सवारी साधन स्टार्टअप, रैप्टी.एचवीले हिजो (साेमबार) आफ्नो पहिलो विद्युतीय बाइक रैप्टी.एचवी टि ३० सार्वजनिक गरेको छ। यो बाइक भारतको पहिलो हाई भोल्टेज इलेक्ट्रिक बाइक हो।

यो बाइक एकपटक फुल चार्ज गरेपछि २०० किलोमिटर चल्ने कम्पनीको दाबी छ । यो बाइक टि ३० र टि ३० स्पोर्ट गरी दुई भेरियन्टमा ल्याइएको छ। यसको प्रारम्भिक मूल्य २ लाख ३९ लाख भारु राखिएको छ ।

कम्पनीले २५० देखि ३०० सीसीको परम्परागत पेट्रोल बाइकसँग प्रतिस्पर्धा गर्न यो इलेक्ट्रिक मोटरसाइकल बनाएको छ तर यसले टर्क क्राटस र अल्ट्राभाइलेट एफ७७ म्याच २ जस्ता इलेक्ट्रिक बाइकसँग पनि प्रतिस्पर्धा गर्नेछ । कम्पनीका अनुसार उक्त बाइकको डेलिभरी जनवरी २०२५ बाट चेन्नई र बेंगलुरुबाट सुरू गर्ने छ ।

रैप्टी.एचवी टी 30 मा २२ किलाेवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले 70एनएम टॉर्क उत्पादन गर्न कम्पनीकाे दाबी छ । कम्पनीको दाबी अनुसार, यो बाइक ३.५ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घण्टाको स्पीडमा पुग्न सक्छ र यसको अधिकतम स्पीड १३५ केएमपिएल रहेको छ। यसमा तीन राइडिंग मोड्स – कम्फर्ट, पावर र स्प्रिंट उपलब्ध रहेका छन् ।

बाइकमा ५.४ किलाेवाटको ब्याट्री प्याक रहेको छ, जसले एक पटक फुल चार्ज गर्दा १५० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएकाे छ । यो नयाँ इलेक्ट्रिक बाइकले आफ्नो विशेषताहरू र प्रभावकारी प्रदर्शनले ग्राहकहरूको ध्यान आकर्षित गर्ने अपेक्षा कम्पनीकाे छ ।