अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशत वृद्धि


काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम र सुनको मूल्यमा परिवर्तन आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०८० भदौ मसान्तमा प्रति ब्यारल कच्चा पेट्रोलियमको मूल्य अमेरिकी डलर ९५.५५ रहेकोमा २०८१ भदौ मसान्तमा २२.६ प्रतिशतको कमी आएर अमेरिकी डलर ७३.९६ कायम भएको छ।

त्यसैगरी, सुनको मूल्यमा वृद्धि भएको छ। २०८० भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९२७.७० रहेकोमा २०८१ भदौ मसान्तमा ३४.० प्रतिशतको वृद्धि भई अमेरिकी डलर २ हजार ५८४ पुगेको छ।