निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८÷८९) ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको निफ्रा उर्जा ऋणपत्रको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने जनाइएको छ ।