राष्ट्र बैंकले सेवा रेमिटको इजाजतपत्र खारेज गर्ने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रा.लि को इजाजतपत्र खारेज गर्ने भएको छ । विप्रेषण कारोबार गर्न सेवा रेमिटले राष्ट्र बैंकबाट इजाजत पाएको थियो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित) को विनियम १३ को उपविनियम (१०) खण्ड (ङ) बमोजिम खारेज हुने उल्लेख गरेको छ ।

विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले विप्रेषण सम्बन्धित कारोबार रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन आग्रह गरेको छ ।