लामिछानेलाई पक्राउ गर्न रास्वपाको कार्यालय पुग्यो प्रहरीको टोली


काठमाडौँ । रवि लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालय बनस्थली, काठमाडौँ पुगेको छ।

पार्टीले प्रहरी अधिकारीहरूलाई कुनै प्रकारको प्रतिकार वा अवरोध नगर्नका लागि आफ्ना सदस्यहरूलाई आग्रह गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताए ।

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी भएको छ ।सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।