आइतबार ४७ अंकले घट्यो नेप्से


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटाको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड ७ लाख १ हजार ६३० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन कुथेली बुखुरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज इष्र्टन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।