सर्पोट लघुवित्तले कति दिँदैछ लाभांश ?


काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने जनाइएको छ।