आशा लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मसिंर ७ गते ८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा लाभांश प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । सभाले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) स्वीकृत गर्ने जनाइएको छ ।

सभामा वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक २१ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्ने जनाइएको छ ।

कम्पनीको साधारण सभा मंसिर ७ गते होटल उग्रचण्डी बनेपामा दिउँसो ३ बजे बस्ने जनाइएको छ ।