आरएसडिसी लघुवित्तको नाफा घट्यो


काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नाफा ३५।९९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार आरएसडीसीको नाफा घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६० लाख ९८ हजार रुपैयाँ मात्र नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १।४९ प्रतिशत रहेको खराब कर्जा यो पहिललो त्रैमासमा बढेर २।५७ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५।९२ प्रतिशत घटेको छ भने कम्पनीको संचालन नाफा पनि ३५।८६ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ४० लाख ८१ हजार रुपैयाँ कायम भएको छ भने कम्पनीको संचालन नाफा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ ।

प्रतिसेयर आम्दानी ११।०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०।४५ रुपैयाँ छ भने कम्पनीको वितरणयोग्य नाफा ११ करोड १८ लाख २९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ ।