मंसिर ५ बाट फेरि सडकमा उत्रिँदै सहकारी पीडित


काठमाडौँ । सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आगामी मङ्सिर ५ गते देशभरि आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघका अध्यक्ष कुशलभ केसीले प्रेस बिज्ञप्ति जारी गर्दै यो अभियान विगत १८ महिनादेखि निरन्तर चलिरहेको र सरकारले पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्न जिम्मा लिनुपर्ने माग राखेका छन् । उनले आन्दोलन कुनै राजनीतिक दलको नभएर पिडितहरूको हक र अधिकारको लागि भएको बताएका छन् ।

आन्दोलनको तयारीमा रहेको महासंघले हरेक पीडितलाई आफ्नो हक, अधिकार र न्यायका लागि एकजुट भएर अघि बढ्न अपिल गरेको छ।