काठमाडौँ। सिटिजन्स बैंक र दराज केयमु प्रालिबिच दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते) लागू हुनेछ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
पूर्व भुक्तानी छुटहरू अभियानको सीमित अवधिको लागि मात्र लागू हुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्