एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने


काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सेयरधनीहरूका लागि १०ः६.२५६ को अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । प्रतिशेयर १०० रुपैयाँका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ छ भने हकप्रद शेयर बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन प्रयोजनको लागि कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्ने भएको छ । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयर किन्न पाउने उल्लेख गरिएको छ । हकप्रद सेयर निष्कासन पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।