काठमाडौँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी १८ वटा कम्पनीमा ३ हजार ४६० वटा दाबी संख्या परेको छ। दाबी अनुसार कम्पनीहरूले १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । प्राधिकरणकाे तंथ्याक अनुसार हालसम्म बिमकहरुले ६ सय ३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५सय १० वटा दाबी परेको छ। जसमा कम्पनीले २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ।
त्यस्तै शिखर इन्स्योरेन्समा १ अर्ब ३ करोड ९५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
नेको इन्स्योरेन्सले १ अर्ब २ करोड ४६ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ९४ करोड ९० लाख १५ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ६७ करोड १० लाख १७ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ५६ करोड ४८ लाख ९७ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड ६१ लाख ७३ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ४७ करोड २ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
नेपाल इन्स्योरेन्सले ३५ करोड ६५ लाख ७७ हजार रुपैयाँ, सानिमा जीआईसीले २८ करोड ३६ लाख ९३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २० करोड ५७ लाख रुपैयाँ र युनाइटेड अजोडले १२ करोड ९२ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
निर्जीवन लघु बिमकमध्ये स्टार माइक्रोले ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्