काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् । खत्रीले बैंकिङ् क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् ।
सिटिजन्स बैंक लिमिटेडको स्थापनाकालदेखि नै कार्यरत खत्री सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।
खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्