मितेरी सहकारी बचत अपचलनमा गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी


काठमाडौँ । ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ। ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबिच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।