काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबा। नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ।
आइतबार सानिमा जिआईसी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८३१ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशतले घटेको छ ।
कुल ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्