काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
उनीमाथि नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पूर्वमन्त्री अधिकारी आज नै विराटनगरबाट पक्राउ परेका थिए।
प्रतिक्रिया दिनुहोस्