सोमबार बढ्यो नेप्से, ११ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटाको सेयरमूल्य घटेको छ।

सोमबार साहस उर्जा लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २४४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्था लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।