काठमाडाैँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन्।
बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै उनले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिए पनि काम अहिलेसम्म थालनी नभएको बताए।
उनले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए।
मन्त्री दाहालले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको जनाउँदै पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको बतए।
मन्त्री दाहालले भने, “मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौं । तर काम थालनी भएको छैन । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ । डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्छौं । भनेको छ । त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ । डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने भनेर तयारी छ । काम थलनी गर्ने र काम गर्ने सरकारलाई विश्वास लागेको छैन । अब निर्णय गर्ने ठाउँमा पुगेका छौ ।”
उनले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताए।
—न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्