काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट—२०२४ को उद्घाटन गर्दै उनले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उनले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शुन्य रहेको उल्लेख गरे । कृषिमा प्रविधिको दशक शुरु भएको घोषण गरेको तर बजेट शुन्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको बताए ।
मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको जानकारी दिए ।
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताए । त्यसको लागि विशेष व्यवसथा गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको उनले उल्लेख गरे । त्यसको लाग सरकारी क्षेत्रबाट नै आफूले शुरुवात गर्न चाहेको जानकारी दिए ।
मन्त्री गुरुङले ०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्