काठमाडौँ । मंसिरमा अधिकांश वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले मंसिरको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार ११ ओटा बैंकहरुले ब्याजदर घटाउँदा ८ ओटाको स्थिर रहेको छ भने १ ओटा बैंकले ब्याजदर बढाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले मंसिर महिनाको लागि ब्याजदर बढाएको छ । यस बैंकले मंसिर महिनामा ६ प्रतिशत ब्याजदर दिने छ ।
यस्तै, नेपाल बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, हिमालयन बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ब्याजदर स्थिर रहेको छ ।
नेपाल बैंकले ९.९५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत, सानिमा बैंकले ६.१५ प्रतिशत, नेपाल एसबिआई बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, कुमारी बैंक, माछापुच्छे« बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक, प्राइम कर्मशियल बैंक, एनएमबी बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंकले ५.५३ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, कुमारी बैंकले५.९१ प्रतिशत, माछापुच्छे« बैंकले ६ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले ६.२५ प्रतिशत, एनआईसी एशिया बैंकले ६.७९ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ५.७५ प्रतिशत, एनएमबी बैंकले ५.५७ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्