आचार्य बने नाडेप लघुवित्तको कामु सीईओ


काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन् ।

वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई मंसिर १ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम सीईओको जिम्मेवारी दिने कात्तिक ३० गते बसेको सञ्चालक समितिले निर्णय गरेको हो ।