काठमाडौँ। प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो।
सोमबार प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबि सेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजनाहरु अगाडि बढेको जनाइएको छ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजमको स्थापना भएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्