काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार जानकी फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६० करोड ८७ लाख ३६ हजार १५२ रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा थ्रिस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ सय कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्