कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस दिने


काठमाडोँ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने छ ।