काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड इडी मार्दी आरबि हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, थ्रिस्टर हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्