काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा सरकारले लिने बताए ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारपछि अर्थतन्त्रमा आएका समस्याहरुको जिम्मा सरकारले लिने बताए।
उनले काँग्रेस—एमाले नेतृत्वको सरकार आएपछिका अर्थतन्त्रमा गरिएका सकारात्मक पहलको जस अहिलेको सरकारलाई नचाहिने बताए। उनले आफूहरुले गम्भीर समस्याहरुको चाङ प्राप्त गरेको र अहिले सकारात्मकतातिर अघि बढिरहेको जिकिर गरे।
अर्थतन्त्र सुधारका कामलाई तिब्र पारिएको भनाइ पौडेलको छ । उनले भने, “‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु बनेपछि अर्थतन्त्रमा समस्याहरु थपिएका छन् भने थपिएको समस्यको जिम्मा मैले लिन्छु, यो सरकारले लिन्छ । यदी समस्या समाधान गर्नका लागि केही प्रयासहरु भएका छन् भने त्यसको जस यो सरकारलाई चाहिँदैन ।”
सुधारको क्रमलाई तिब्र पार्ने सरकारको संकल्प रहेको उनले बताए। पौडेलले थपे, “त्पादनका विविध क्षेत्रहरुमा जुन प्रकारले मनोबल टुटेको छ । त्यो टुटेको मनोबल उठाउने कोशिस गरौँ भन्ने सोचका साथ यो सरकार बनेको हो । यो संसदले बनाउने सबैभन्दा गतिलो सरकार यही हो ।”
उपप्रधानमन्त्री पौडेलले सरकारको ध्यान कसरी उत्पादन बढाउने, कसरी समस्याको समाधान गर्ने भन्नेमा रहेको चर्चा गर्दै राजश्वको दायरा बिस्तार गर्ने कोशिस सरकारको रहेको बताए।
—न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्