काठमाडौँ। लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्