काठमाडौं । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिकवर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवका लागि उ्रक्त लाभांश दिने निर्णय गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनिलाई वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्