काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको हो ।
सोमवार राति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका थिए । पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो ।
मन्त्री पाण्डेले स्थलगत अनुगमनपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताएका छन् । उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताए ।
प्रतिक्रिया दिनुहोस्