माउनटेन इनर्जी नेपालको लाभांश घोषणा


काठमाडौं । माउनटेन इनर्जी नेपालले १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश अब विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी पुस २८ गते हुने कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने जनाएको छ ।