काठमाडौँ । ग्लोबल कलेज इन्टरनेसनलले आयोजना गरेको ‘छैठौं ग्लोबल इन्टरनेसनल कन्फरेन्स’ काठमाडौँमा सुरु भएको छ ।
मङ्सिर २० र २१ गते काठमाडौँमा चल्ने सम्मेलनमा एआई र सूचना सञ्चार प्रविधिहरूको विविध पक्षबारे छलफल हुने छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्रा्षिष्ट्रय स्तरका विद्वान तथा अनुसन्धानकर्ता लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतमका साथै नेपाल स्थिति रुसी दुतावासका प्रथम सचिव एन्टोन मार्सलाभ, युएनडिपी–नेपालका आवासीय प्रतिनिधि जुलियन चेभिलार्ड र प्रा. पुष्कर बज्राचार्यले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
आफ्नो सम्बोधनमा प्रमुख अतिथि गौतमले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने आशा व्यक्त गर्दै सम्मेलनको विषयवस्तुको प्रशंसा गरे ।
उनले भने, “व्यवस्थापनमा निर्णय लिने क्षमता बढाउनदेखि सञ्चालनमा दिगोपन बढाउन, एआईले समस्या समाधान गर्ने र अवसरहरू पहिचान गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ ।”
उनले यस सम्मेलनको निष्कर्षले एजेन्डालाई अझ राम्ररी बुझ्नको लागि मार्ग प्रशस्त गर्ने र नतिजाबाट सबै क्षेत्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
ग्लोबल इन्टरनेसनल कलेजका प्रिन्सिपल सुवास श्रेष्ठले एआईको प्रयोगबारे आफ्नो व्यक्तिगत अनुभव बाँडे ।
उनले भने, “गत वर्ष मैले च्याटजिपीटीको सहयोगमा स्वागत मन्तव्य दिएको थिएँ तर कार्यक्रमपछिको भिडियो हेरेपछि मैले केही न केही छुटेको महसुस गरेँ । कार्यक्रममा एआईले मलाई सहयोग गरे पनि यसमा भावनात्मक सम्बन्धको कमी थियो। । एआईले शिक्षण शिक्षा र सम्पूर्ण शिक्षा इकोसिस्टमलाई चुनौती दिएको उनको भनाई थियो ।
प्राध्यापक बज्राचार्यले एआईले दिएको चुनौतिहरूलाई बेवास्ता गर्न नसकिने भए पनि एआईले ल्याएका अवसरहरूलाई बेवास्ता गर्न नहुने बताए । उनले भने,“मानवीय समस्याहरू समाधान गर्न र जीविकोपार्जनलाई दिगो बनाउन एआईले महत्वपूर्ण योगदान गरेको छ । यसले स्थानीय विकासका लागि सरकारलगायत विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।”
प्रतिक्रिया दिनुहोस्