काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार ५६९ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९७ प्रतिशतले घटेर नकारात्मक सर्किट लागको छ ।
कुल ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्