आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ८१ पैसा र बिक्रीदर १५४ रुपियाँ ४१ पैसा युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ३१ पैसा र बिक्रीदर १७३ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ९४ पैसा र बिक्रीदर २०३ रुपियाँ ७४ पैसा छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ६१ पैसा र बिक्रीदर १०७ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ८८ पैसा र बिक्रीदर १०८ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०१ पैसा र बिक्रीदर १२० रुपियाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ७१ पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ९४ पैसा र बिक्रीदर २३ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९६ पैसा र बिक्रीदर ४१ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २० पैसा र बिक्रीदर ४२ रुपियाँ ३६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २६ पैसा र बिक्रीदर ११ रुपियाँ ३० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ २९ पैसा र बिक्रीदर १५ रुपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १८ पैसा र बिक्रीदर २३ रुपियाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ९७ पैसा बिक्रीदर ४०९ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपियाँ ०७ पैसा रहेको छ ।