काठमाडौँ । आदिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा काठमाडाैँ महानगरपालिका वडा नम्बर ४ मा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नम्बर ४ की सदस्य सन्ध्या खनाल रहेकी थिइन् ।
साधारणसभामा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उत्कृष्ट बचतकर्ता, असल ऋणी र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो। यस वर्ष उत्कृष्ट बचतकर्तामा वीर बहादुर बिक, असल ऋणीमा राधादेवी रेग्मी, र उत्कृष्ट विद्यार्थीमा रिदम कार्कीलाई पुरस्कृत गरिएकाे थियाे ।
संस्थामा आबद्ध सदस्यहरूको सफलतालाई सम्मान गर्दै, काठमाडाैँ जेसिसको अध्यक्ष पदमा निर्वाचित संस्थाका शेयर सदस्य श्याम घिमिरेलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्ध्या खनालले आर्थिक संकटको यस अवस्थामा पनि सहकारीले शेयर सदस्यहरूको मन जित्न सफल भएको भन्दै संस्थाको प्रयासको प्रशंसा गरिन् । साथै, उनले सहकारीलाई थप प्रभावकारी बनाउन आफू र वडाबाट आवश्यक सहयोग उपलब्ध गराइने बताइन् ।
संस्थाका सल्लाहकार दीपक (रामचन्द्र) न्यौपानेले सहकारीलाई अझ सुदृढ र उत्कृष्ट बनाउने विश्वास व्यक्त गरेका थिए। दृश्य बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरेले आदिमा सहकारीको टिम सशक्त र क्रियाशील रहेको उल्लेख गरे ।
समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारीले कठिन परिस्थितिमा पनि सहकारीले बोनस वितरण गर्न सकेको भन्दै सबै शेयर सदस्यहरूको योगदानले सहकारी सधैं प्रगतिको बाटोमा रहने विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष प्रल्हाद दाहालले सबै शेयर सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै सहकारीको हितमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्