काठमाडौँ । पुस महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा १४ ओटा वाणिज्य बैंकहरुले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । व्यक्तिगत मद्दती निक्षेपमा ३ ओटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ ओटा वाणिज्य बैंकहरुले घटाएका छन् ।
कृषि विकास बैंक, प्राइम कर्मशियल बैंक, र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । पुष महिनामा कृषि विकास बैंकले ५.५७ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.३५ प्रतिशत, र एनएमबी बैंकले ६.६ प्रतिशत ब्याज दिने भएका हुन् ।
यस्तै, नेपाल बैंक, सानिमा बैंक र एन आई शी एसिया बैंकले ब्याजदर घटाएका छन् । नेपाल बैंकले ५.६ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र एन आई शी एसिया बैंकले ६.६ प्रतिशत ब्याज दिने भएका हुन् ।
लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर तोकेका छन् ।
प्रभु बैंकले ६.१ प्रतिशत, स्ट्याडण्र्ड चार्टड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याज तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्