महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । गत वर्षको सञ्चित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०र८१ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ ।