काठमाडौँ। नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा सन्तोष कोइराला बन्ने भएका छन् । माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका कोइराला संघको अध्यक्ष बन्ने भएका हुन् । संघको बुधबार हुने साधारण सभाले अन्तिम रुप दिने जनाइएको छ ।
अध्यक्ष बन्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सन्तोष कोइरालाले इच्छा देखाएका थिए । सहमति भएपछि कोइराला अध्यक्ष बन्ने भएका हुन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्ष बन्ने भएका छन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्य बन्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्