काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ३.८४ प्रतिशत लाभंश दिने भएको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्